लसएञ्जलस । हलिउड अभिनेता जोनी डिपका प्रशंसकहरूले उनकी पूर्वपत्नीमाथि कारवाहीको माग गरेका छन् । हालै सार्वजनिक भएको एक भिडियोमा जोनकी पूर्वपत्नी एम्बर हर्डले जोनीलाई कयौंपटक प्यान र अन्य भाँडाले हानेको स्वीकार गरेको खुलासा भएपछि उनीहरूले त्यस्तो माग गरेका हुन् ।
घटना सार्वजनिक भएपछि जोनीका फ्यानहरूले ट्वीटरमा जोनी डिपलाई न्याय देउ भन्ने ह्यास ट्याग (जस्टिस फर जोनी डेप) नै चलाएका छन् जुन हाल ट्रेण्डिङमा समेत रहेको छ । डेलीमेलमा प्रकाशित रिपोर्टमा एम्बरले जोनीलाई प्यान र अन्य भाँडाले थुप्रै पटक हानेको कुरा स्वीकार गरेको सुन्न सकिन्छ ।
‘मलाई माफ गरिदेऊ कि मैले तिम्रो गाला राम्ररी चड्काइन तर पनि तिमीलाई मैले हाने र त्यो मुक्का थिएन, बेबी तिमीलाई मुक्का हानिएको छैन’, सो अडियो, उनले भनेको सुनिन्छ ।
‘मैले तिमीमाथि प्यान र भाँडाहरुले हानेभन्दैमा तिमीले मेरो ढोका ढक्ढकाउन मिल्दैन भन्ने होइन’, सो अडिओमा एम्बरको जवाफ सुनिन्छ । त्यसपछि जोनले आफूलाई हानिएको फूलदानी आफ्नो साथमा रहेको बताउँछन् ।
सोको जवाफ एम्बरले ‘फूलदानी छ भन्दैमा आएर ढोका ढक्ढकाउन पाइदैन’ भनेर जवाफ फर्काएकी छिन् ।
‘साँच्चै, मैले तिमीलाई हिर्काउँन दिनुपथ्र्यो ? तिमीलाई आजसम्म मैले केहीले हानेको छु भने त्यो अस्ट्रेलियामा तिमीले क्यानले हिर्काएको बेलामात्र हो’, जोनीले एम्बरलाई जवाफमा भन्छन् । जोनी र एम्बरबीच सन् २०१६ को मेमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि एम्बरले वासिङटन पोस्टमा आफूमाथि घरेलु हिंसा भएको भन्दै अन्तरवार्ता दिएकी थिइन् ।
अन्तर्वार्तापछि सन् २०१८ मा जोनीले आफ्नो मानहानी भएको भन्दै पूर्वपत्नी एम्बरविरुद्ध ५० मिलियन अमेरिकी डलरको मानहानी मुद्दा दायर गरेका थिए । त्यसपछि सन् २०१९ को नोभेम्बरमा एम्बरले आफ्ना पूर्वपति जोनीको स्वतन्त्र मानसिक जाँच हुनुपर्ने माग राखेकी थिइन । उनले जोनीले खाने लागुऔषध, रक्सी तथा सिफारिस गरिएका औषधिका कारण आफूमाथि दुव्र्यबहार गराएको भन्दै सो माग गरेकी थिइन् ।















प्रतिक्रिया