१ कार्तिक २०८३, आइतबार

ललिता निवासको जग्गा प्रकरणमा गच्छदारसहित १ सय ७५ विरुद्ध भ्रष्टाचार मुद्दा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति विजय गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा पारेको यस चचिर्त प्रकरणमा आयोगले गच्छदार, पूर्वसचिव एवं अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, डम्बर श्रेष्ठसहित भ्रष्टाचारको मुद्दा दायर गरेको हाे ।

गच्छदार भौतिक पूर्वाधारमन्त्री रहेका र बस्न्यात उक्त मन्त्रालयमा सचिव रहेका बेला प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको थियो ।

यो मामिलामा अन्य दर्जनौँ पूर्वपदाधिकारी जोडिएका छन् । उनीहरुविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।