१ कार्तिक २०८३, आइतबार

ह्विस्की र मह पिएर कोरोना भाइरसँग जितेको दाबी !

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । चीनको बुहानमा रहेका एक जना बेलायती नागरिकले ह्विस्की र मह पिएर कोरोना भाइरसलाई जितेको दाबी गरेका छन् ।

आफूलाई उक्त भाइरस संक्रमण भएपछि ह्विस्कि, तातोपानी र मह पिएर ठिक भएको कानर रीड नामका २५ वर्षीय बेलायती नागरिकले दाबी गरेका हुन् । उक्त दाबीबारेको समाचार ‘द सन’ले प्रकाशित गरेको छ ।

रीड फ्लू तथा निमोनियाबाट ग्रस्त भएका थिए । अस्पतालमा जँचाउन जाँदा उनलाई खोकी पनि लागिरहेको थियो । उनले दुई साताको लागि अस्पतालमै रहनुपर्ने भयो, तर उनले चिकित्सकद्वारा दिइएको एन्टी–बायोटिक्स लिएनन् ।

रीडको दाबीअनुसार सास लिन सजिलो होस् भनी उनले आफैसँग भएको ‘इन्हेलर’ प्रयोग गरे भने सँगसँगै तातो पानीमा मह मिसाएर व्हिस्की पिए । यसैको मद्दतबाट यतिबेला उनी स्वस्थ भएका छन् ।

रीडले ‘द सन’लाई बताएअनुसार यतिबेला वुहानका मानिस कोही पनि घरबाट निस्किरहेका छैनन् भने विना मास्क घरबाहिर निस्कने मानिसलाई प्रहरीले गिरफ्तार गर्दै आएको छ ।