
काठमाडाैं, २१ माघ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण हङकङमा पनि एक जनाको ज्यान गएको छ ।
चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको ।
चीन बाहिर देशमा मृत्यु भएकामा दोस्रो व्यक्ति हुन् ।
यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो ।
चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।















प्रतिक्रिया