१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या संख्या ४२७ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ माघ ।  चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म ४ सय २७ जनाको मृत्यु भइसकेको छ ।

मंगलबार बिहान हङकङमा एक व्यक्तिको मृत्यु भएपछि मृतकको संख्या ४२७ पुगेको हो । चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको हाे ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो ।

सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्य २० हजारभन्दा बढी पुगेको छ ।

चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ। हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।

सोमबारसाँझसम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ।

चीनबाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ।