१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३६२ पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० माघ । चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । चीनमा मात्रै ३६१ जनाको मृत्यु भएको हो भने एक जनाको फिलिपिन्समा मृत्यु भएको हो ।

संक्रमितको संख्या चीनमा मात्रै १७ हजार २ सय ५ पुगेको छ ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा एकैदिन थप २ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्‍वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ।

विश्‍वका विभिन्‍न २७ वटा मुलुकमा १७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।