१ कार्तिक २०८३, आइतबार

चीनमा तयार भयाे कोरोना भाइरसकाे उपचारका लागि अस्पताल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, २० माघ । नोवेल कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको चीनको वुहानमा अति तीव्र गतिमा निर्माण भएको अस्पताल सञ्चालनमा आउने तयारीमा छ ।

कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचारका लागि हप्ता दिनमा एक हजार शैयाको अस्पताल चीनले निर्माण गरेको हो ।

८ दिनमा निर्माण सम्पन्न भएको अस्पताललाई सुविधा सम्पन्न बनाइएको चीनका अधिकारीले बताएका छन् । यस्तै १३ सय शैयाको अर्को अस्पताल पनि द्रूत गतिमा निर्माण भइरहेको छ ।

गएको डिसेम्बरमा हुबेइ प्रान्तको वुहानमा देखिएको नोवेल कोरोना भइरसको संक्रमण अहिले चीनसहित विश्वका विभिन्न देशमा फैलिएको छ । चीनमा हालसम्म ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । चीनमा मात्रै १७ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।

चीन बाहिर नेपालसहितका देशमा गरी १५० जना भन्दा बढी संक्रमित भएका छन् । यस्तै आइतबार पहिलो पटक चीन बाहिर एकजनाको मृत्यु भएको छ ।