५ कार्तिक २०८३, बिहिबार

चीनबाट ३ सय २३ जना भारतीयको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ ।  काठमाण्डौ एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको वुहानबाट ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ । कोरोना भाइरसका कारण उद्धार गरिएका कुल भारतीयको संख्या ६४७ जना पुगेको छ ।

वुहानबाट आइतबार बिहान ३ बजेर १० मिनेटमा उडेको एयर इन्डियाको विमान नयाँदिल्लीमा अवतरण गरेको थियो । आफ्ना नागरिकको उद्धार गर्न मद्दत गरेको भन्दै माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभएको थियो ।

चीनको वुहान कोरोना भाइरसका कारण सर्वाधिक जोखिममा रहेको छ । गत डिसेम्बरबाट फैलिएको यस भाइरसका कारण चीनमा मात्र ३०४ जनाको ज्यान गइसकेको छ ।

चीनबाट उद्धार गरिएका अधिकांश व्यक्ति विद्यार्थी रहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण व्यापक रहेकाले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । रासस