४ कार्तिक २०८३, बुधबार

रोकेश गुरुङको “थाकी सके” गीत न्युयोर्कबाट सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । न्युयोर्कका गायक रोकेश गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । याे गीत गीति संग्रह एल्बम ‘माया’बाट निकालिएको छ ।

गत जनवरी ३१ का दिन उक्त गीत बजारमा आएको हो । गायक गुरुङले स्वयं शब्द रचना गरेका हुन् । सङ्गीत पनि उनले नै दिएका छन् ।

नयाँ गीतलाई निर्देशन, सम्पादन तथा छायाँकन मिलन थापाले गरेका छन् । म्युजिक भिडियोमा कलाकारहरूमा पार्वती गुरुङ तथा स्वयम गायक रोहित गुरुङले अभिनय गरेका छन् ।

न्युयोर्कमा बस्दै आएका गुरुङ काठमाडौं इन्टरटेनमेन्टका संस्थापक हुन् । उनी गायन, संगीत, लेखनमा रुचि राख्छन् ।

उनी मनाङ समाज अमेरिकाका अध्यक्ष छन् । उनी नेपाली डीजेका रूपमा चर्चित छन् । उनले थुप्रै कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

उनी गिटारिस्टका रूपमा अमेरिकामा फिरोज स्याङ्देन, एड्रियन प्रधान, नरेन लिम्बू, दिवस गुरुङका कार्यक्रममा सहभागी भएका छन् ।