१ कार्तिक २०८३, आइतबार

ममिता बनिन् कास्की तारा २०७६

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १८ माघ । उमा माध्यमिक विद्यालय अन्नपूर्ण गाउँपालिका वडा न १० कि कक्षा ९ मा अध्ययनरत छात्रा ममिता बिक कास्की तारा बन्न सफल भएकी छन् ।

सुर्यतारा क्लब पोखराद्धारा आयोजित २०७६ असोज ५ गतेदेखि सुरु भएको कास्की तारा वक्तृत्वकलाको फाइनलमा प्रथम हुँदै बिकले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

सुखी नेपाली समृद्ध नेपाल निर्माणका आधार विषयक वक्तृत्वकलामाअमरसिंह माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत छात्रा अपेक्षा अधिकारी द्धित्तीय र गौरीशंकर मनिलाल मावि कि कक्षा १० मा अध्यनरत छात्रा दुर्गा ढुंगाना तृतीय भए ।

द्धत्तीय र तृतीयले क्रमशः २० हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रले प्राप्त गरे ।

कास्कीमा रहेका पाँच बोटे स्थानीय तहमा भिन्ना भिन्नै माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता सम्पन्न गरि उत्कृष्ट तीनलाई फाइनलमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगिताको फाइनलमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सुर्यतारा क्लब पोखरा जस्तै सामाजिक संस्थाहरुले सरकारसंग हातेमालो गर्दै अगाडी बढेमा सुखी नेपाली समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गरिन् ।

बालबालिका भविष्यका कर्णधार रहेकाले उनीहरुबाट प्राप्त बिचारले नीति निर्माण तहमा महत्वपुर्ण योगदान पुग्ने कोइरालाको भनाइ थियो ।

क्लबका अध्यक्ष बिष्णु पुनले कास्की तारा हुन सफल विध्यार्थीलाई उच्च शिक्षा सम्मको अध्ययन खर्च क्लबले बेहोर्ने घोषणा गरे ।

उनले भोलिको समाजको नेतृत्व विद्यार्थीहरुको हातमा हुने भयकाले लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन यस्ता अभियान सुरु गरिएको बताए ।

वेथानी वोर्डिङ्ग स्कुल पोखरा १० मा आयोजित उक्त कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३० अध्यक्ष श्रीराम पोखरेल, वेथानी वोर्डिङ्ग स्कुल स्कुलका प्रिन्सिपल शुक्रराज अधिकारि, क्लबका सल्लाहकार मोहन सुवेदी, क्लबका सहसचिव कृष्ण प्रसाद अधिकारी लगायतले बोलेका थिए ।

प्रतियोगिताको निर्णायकको रुपमा समालोचक नगेन्द्र राज लामिछाने, उप प्राध्यापक नारायण दत्त सुबेदी र विद्यार्थी नेता लक्ष्मण तिमिल्सेना रहेका थिए ।

कार्यक्रम संयोजक शिव प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन क्लबका सचिव रामचन्द्र तिमिल्सेनाले गरेका थिए ।