– अनिल खत्री
गुल्मी २१ फागुन । दोस्रो गुल्मी महोत्सव सम्पुर्ण तयारी पुरा भएको छ । “गुल्मी जिल्लाको समग्र विकासको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार” दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन, व्यापार एबं औद्योगिक मेला २०७१ भन्ने नाराका साथ यहि २२ फागुनदेखि ३० सम्म सम्पन्न हुन लागेको दोस्रो गुल्मी महो्त्सवको सम्पुर्ण तयारी पुरा भएको वाणिज्य संघले जनाएको छ ।
गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारी पुरा भएको जनाएको हो । महोत्सवको प्रधानमन्त्री सुशील कोईरालाले उद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सव मुल आयोजक समितिका संयोजक अखिलेश्वर पाण्डेयले जानकारी दिनुभयो ।
फागुन २२ गते प्रधानमन्त्रीद्धारा उद्घाटन हुने महोत्सवमा अर्थमन्त्री डा.रामशरण महत र सरकार मुख्य सचिव लिलामणी पौडेलको विशेष आतिथ्यता रहने छ । महोत्सवको तयारी स्वरुप महोत्सव स्थल चिदीचौर खेल मैदानमा महोत्सव स्टल तथा मञ्चको निमार्ण कार्य पुरा भएको छ । महोत्सवलाई व्यावस्थित बनाउन महोत्सव हुने स्थानमा सि सि क्यामरा जडान गरिने भएको छ । महोत्सवलाई थप आकर्षण गराउन हेलिकप्टरको व्यास्था समेत गरिने भएको छ ।
यहि फागुन २६, २७ र २८ गते हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न समिने व्यास्था गरिने भएको छ । हेलिकप्टर व्यावस्थापनको लागी पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा ७ सदस्यी हेलिकप्टर व्याबस्थापन समिति गठन भएको छ ।
समितीले हेलिकप्टर व्याबस्थापन सगै टिकट बुकिङ्गको व्यावस्था गर्ने श्रेष्ठले बताउनु भयो । महोत्सवको अबसरमा फागुन २६ र २७ गते लुम्बिनी मेडिकल कलेज पाल्पाको सहयोगमा स्त्रीरोग,हाडजोर्नी बिशेषज्ञ,सर्जरी बिशेषज्ञ डाक्टर एबं तम्घास अस्पताल, रेसुङ्गा हस्पिटल प्रालिका डाक्टर द्धारा निसुल्क स्वाथ्य शिबिर संञ्चालन गर्ने व्यावस्था मिलाईएको दोस्रो गुल्मी महोत्सव संचिवालय संयोजक एबं महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि मेला तथा बिभिन्न घरेलु बस्तुहरु तथा बिभिन्न औधोगित बस्तुहरुको प्रदर्शन, मतकुवा पिङ्ग वाल उड्यान रमाईलो मेला, गुल्मी आईडल नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति, बिबिध साँस्कृतिक झाकीहरु, नेपालका चर्चित हाँस्यव्याग्या कलाकारहरुद्धारा हाँस्यव्यग्य प्रस्तुति, निसुल्क स्वाथ्य शिबिर हेलिकप्टर द्धारा गुल्मी जिल्लाको रमणीय ठाउ तथा धार्मिक स्थलहरुको दृश्य बलोकन मुख्य आकर्षण रहने प्रचार प्रसार संयोजक श्रीप्रसाद भलामीले जानकारी दिनुभयो ।
दोस्रो गुल्मी महोत्सवमा यहाँको कृषि तथा पर्यटनलाई बिशेष प्राथमिकता दिने गरि उद्योग बाणिज्य संघले महोत्सवको तयारी गरेको संयोजक भलामी बताउनुभयो । महोत्सवमा गुल्मीमा उत्पाद हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका साथ महोत्सवमा राख्ने तयारी भएको छ ।
महोत्सवमा गुल्मीमा उत्पादन भएका कृषि जन्य सामाग्रीहरु प्रर्दशनीमा राख्ने मध्ये उत्कृष्ट कृषकहरुलाई जिल्ला कृषि बिकास कार्यलय गुल्मीबाट तर्फबाट पुरस्कारको व्यबस्था मिलाईएको घरेलु तथा कृषि प्रर्दशनी समितीका संयोजक मनिराम अर्यालले बताउनु भयो ।
महोत्सवमा गोरु द्धारा उखु पेल्ने, उखुबाट ताजा बिभिन्न परिकारहरु गुड, खुदो लगायत उखुको रस, त्यस्तै सिमीचौर राङवासका जनजगृति आमा समुहद्धारा चिउरी पेल्ने समेत ब्यवस्था समेत मिलाईने भएको छ ।
महोत्सवमा बिभिन्न बिधाका तिन दर्जन भन्दा वढी राष्ट्रिय कलाकारहरु तथा एक दर्जन भन्दा वढी गुल्मी जिल्लाका राष्ट्रिय स्तरम चर्चित कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम संयोजक अनुप कुमार श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा थप आर्कषण गर्न चर्चित हाँस्य टेलिश्रृखला भद्रगोलका टिमहरुको हाँस्य व्यंग्य प्रस्तुति रहने कार्यक्रममा महोत्सवमा चर्चित लोक तथा अधुनिक कलाकारहरु रहने छन भने जिल्लाका चर्चित राष्ट्रिय र स्थानिय कलाकारहरुको सहभागित रहने कार्यक्रम रहेको हुँदा महोत्सव साँस्कृतिक कार्यक्रममय बन्ने भएको छ ।
महोत्सव अबधी भर प्रत्येक दिन छुट्टा छुट्टै कलाकारहरुबाट बिबिध साँस्कृतिक कार्यक्रमहरु संञ्चालन हुने श्रेष्ठले बताउनु भयो । राष्ट्रिय कलाकार सगै गुल्मी जिल्लामा झल्कने बिभिन्न संस्कृतिहरु पञ्चे वाजा, सोरोठी, बिभिन्न जात जातिका झाकीहरु, भजन कृतन लगायत बिभिन्न कार्यक्रमहरु पनि देखाइने श्रेष्ठले बताउनुभयो ।
महोत्सवको थप आकर्षण स्वरुप नृत्य प्रतियोगित संञ्चालन हुने भएको छ । प्रथम रम्बा गुल्मी छमछमी नृत्य प्रतियोगिता नामले संञ्चालनमा हुन लागेको हो । प्रथम र दोस्रो चरणमा छनोट भएका प्रतियोगिहरुबाट महोत्सव संञ्चालन अबधी भर फाईनल चरणका कार्यक्रमहरु महोत्सव स्थलमा संञ्चालन हुने श्रेष्ठले बताउनु भयो । फाईनल चरण पार गरी प्रथम हुनेले रम्बा चाउचाउको तर्फबाट रु २० हजार पाउने छ भने क्रमस द्धितिय र तृतिया हुनेले १५ हजार र १० हजार पाउने ब्यावस्था गरिएको श्रेष्ठले बताउनुभयो ।
गुल्मी जिल्लामा लुकेरा रहेका प्रतिमा आफुमा हुँदाहुदै पनि देखाउने अबसरमा नपाएकाहरुलाई अगाडी ल्याउने अभिप्रायले नृत्य प्रतियोगिता राखिएको श्रेष्ठको भनाई छ । यो अभियानले गुल्मी जिल्लाबाट एउटा नयाँ उर्जा वान प्रतिभा जन्मने श्रेष्ठले बताउनु भयो । महोत्सवमा यस्ता कार्यक्रमहरु राख्दा नयाँ प्रतिभाले पनि स्थान पाउने र महोत्सवमा पनि थप आकर्षण बढाउने महोत्सव आयोजकले लक्ष्य राखेको छ ।
महोत्सव सफल बनाउन २६ वटा बिभिन्न समितीहरु गठन गरिएको छ । महोत्सवमा १ सय ५० स्टलहरु रहने र ५ करोड भन्दा वढीको आर्थिक करोबार हुने लक्ष्य रहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बताउनुभयो ।
महोत्सवमा बाट वाणिज्य संघले ७५ लाख भन्दा वढी आम्दानी हुने लक्ष्य लिईएको छ भने महोत्सवको अनुमानित खर्च ५५ लाख हुने लक्ष्य रहेको आर्थिक समितीको संयोजक एबं निर्वतमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा वढी खर्चमा साँस्कृतिक क्षेत्रमा हुने देखिएको छ । महोत्सवबाट आम्दानी भएको रकमबाट सामाजिक क्षेत्र तथा भवन निर्माणमा लगानी गरिने वाणिज्य संघले जनाएको छ ।
















प्रतिक्रिया