१ कार्तिक २०८३, आइतबार

रेडक्रस ठाकुरबाबा उपशाखाले सुरु गर्‍यो कोरोना भाइरसबारे सचेतना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बर्दिया, १८ माघ । हालै चीनबाट फैलिएको नोवल कोरोना भाइरसका बारेमा यहाँका नागरिकलाई सचेत गराउन रेडक्रसले सचेतना अभियान सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबाले सचेतना अभियान चलाएको हो ।

ठाकुरबाबा उपशाखाले पहिलो चरणमा ठाकुरबाबा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालयस्तरीय जुनियर रेडक्रस सर्कलका शिक्षक नायक, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, रेडक्रसकर्मी र संचारकर्मीहरुलाई कारोना भाइरसका बारेमा सचेतना गराएको उपशाखाका सभापति यज्ञ नेपालले जानकारी दिए ।

उपशाखाले सचेतना अभियान नगरका प्रत्यक वडामा संचालन गर्ने जनाएको छ । अभियानलाई ठाकुरबाबा नगरपालिकाले सहयोग गरेको छ ।

ठाकुरबाबा उपशाखाले संचालन गरेको सचेतना अभियानको प्रशंसा गर्दै ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले रेडक्रसको यो अभियानबाट समुदाय स्तरसम्म सचेतना प्रवाह भई रोगबाट बच्न सहयोग पुग्ने बताए ।

सचेतना अभियानमा रेडक्रस एवं स्वास्थ्यकर्मीहरुले कोरोना भाइरसको परिचय, यस रोगका लक्षण र सावधानीका उपायहरुका बारेमा जानकारी दिने गरेका छन् ।

सचेतना अभियानले नगरमा कोरोना रोगको माहामारीबाट बच्न सहयोग पुग्ने नगरबासीले विश्वास व्यक्त गरेका छन् । स्वास्थ्यकर्मीले कोरोना भाइरसको नामै सुनेर अत्तालिन आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार १०४ डिग्रीभन्दा माथि ज्वरो आउनु, रुघाखोकी लाग्नु, घाँटी टाृउको दुख्नु र श्वासप्रश्वासमा समस्या देखिनु कोरोनो भाइरसका लक्षण हुन् । तर सामान्य ज्वरो र रुघाखोकी लाग्दै नआत्तिन स्वास्थ्यकर्मीले नगरबासीलाई अनुरोध गरेका छन् ।

यो रोगबाट बच्न पशुपन्छीहरुको सम्पर्कबाट टाढा रहने, खोक्दा र हाछयुँ गर्दा नाकमुख छोप्ने, भिडभाडमा हिडडुल गर्दा माक्सको प्रयोग गर्ने, फ्लुजस्तो लक्षण देखिए तुरुन्त चिकित्सकसँग जाने, सरसफाईमा ध्यान दिने, माछा, मासु र अण्डा राम्ररी पकाएर खानेजस्ता उपायहरु अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् ।