मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

फाँसीको फैसला सुनाएपछि पेनको निभ भाँच्नुको कारण

दैनिक नेपाल २०७६ माघ १८ गते ११:३०

काठमाडौं, १८ माघ । नेपालमा अदालतले फाँसीको सजाय सुनाउँदैन । संविधान र कानुनमा त्यस्तो व्यवस्था नै छैन । यद्यपि, कतिपय अधिकारकर्मीले भने उक्त सजाय हुनुपर्ने माग गर्छन् ।

तर छिमेकी मुलुक भारतमा कतिपय अपराधमा फाँसीको सजाय सुनाउँछन् । सो क्रममा न्यायाधीशले पेनको निभ भाँच्ने गरेका छन् । यस्तो दृश्य फिल्ममा पनि देखिन्छ ।

फाँसीको फैसला सुनाएपछि पेनको निभ भाँच्नुको कारणचाहिँ रोचक छ । न्यायाधीशले उक्त पेनबाट कसैको जीवनको अन्तिम र ठूलो फैसला लेखेपछि त्यसले अरुको फैसला गर्न नहुने मान्यता राख्छन् ।

उक्त पेन बोक्दा आफूलाई पनि नराम्रो हुने विश्वासलाई आधार बनाउने गरिएको छ ।

अर्कोचाहिँ भारतको सर्वोच्च अदालतका न्यायाधीशले त्यस्तो फैसला गर्दा त्यहि अन्तिम सत्य हुने, फैसला बदल्न नसकिने मान्यताका आधारमा पनि पेनको निभ भाँच्ने गरेको विभिन्न एजेन्सीहरूमा उल्लेख गरिएको छ ।

भारतमा मात्रै यस्तो फैसला गरेपछि पेनको निभ भाँच्ने चलन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित