१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९ पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ ।  चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संंख्या २५९ पुगेको छ । चीनमा एकैदिन दुई हजार भन्दा धेरै संक्रमित भएका छन् ।

चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुलुकमा देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ।

जेनेभामा बिहीबार बसेको डब्लूएचओको आपत्‌कालीन बैठकले असाधारण घटनाका रुपमा व्याख्या गर्दै संकटकाल घोषणा गरेको हो । चीनले आधिकारिक रुपमा सार्वजनिक गरेको तथ्याङ्कभन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने हङकङका अनुसन्धानकर्ताले जनाएका छन्।

हङकङका अनुसन्धानकर्ताले शुक्रबार प्रकाशित गरेको एउटा रिपोर्टअनुसार वुहानमा झन्डै ७५ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने जनाइएको छ।