१ कार्तिक २०८३, आइतबार

बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरियाे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ माघ । बेलायत, युरोपेली संघ (इयू)बाट औपचारिक रुपमा बाहिरिएको छ । बेलायतले शनिबार बिहानदेखि इयूसँगको ४७ वर्ष लामो आवद्धता तोडेको हो ।

प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताए ।

उनले अब देशलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ ।

युरोपेली सङ्घ छोड्नुपर्ने र छोड्न नहुने दुबै पक्षले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । संघको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने र अब सङ्क्रमणकाल रहने भएकाले खासै ठूला परिवर्तन भने तत्कालै नदेखिने बीबीसीले जनाएको छ ।

संघबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा राजनीतिक खटपट चलिरहेको थियो। यसबारेमा गरिएको जनमत सङ्ग्रहमा बेलायती नागरिकरले संघबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।

इयूबाट अलग हुने प्रतिबद्धतामा गएको डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसद्ममार्फत यो पछिल्लो सम्झौता गर्न सफल भएका थिए ।

योसँगै जनमतङ्ग्रहपछि भएका तीन वर्षभन्दा लामो समयको राजनीतिक खटपट सकिएको छ । जनमतङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो ।

सुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो । ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पटक-पटक त्यो पछाडि धकेलिएको थियो ।