१ कार्तिक २०८३, आइतबार

फेसबुक युटुबमा विज्ञापन गरे कारवाही

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ माघ । अबदेखि फेसबुक, ट्विटर, युटुव, गुगल जस्ता सामाजिक सन्जाल तथा इन्टरनेटमा गरिने विज्ञापन गैरकानुनी हुने भएको छ ।

यसरी विज्ञापन गरेबापत भुक्तानी हुने रकम अनौपचारिक हुने भन्दै राष्ट्र बैंकले कडाई गर्न खोजेको हो ।

नेपाल राष्ट्र बैंकको सूचनाअनुसार सामाजिक संजालमा गरिने विज्ञापनमा अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी रहेको जनाएको हो ।

यसरी भुक्तनी गर्दा डलरमा कारोबार हुन्छ जुन विदेशबाटै हुने गरेको भन्दै त्यसो नगर्न जनाइएको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार त्यस्तो कारोबारबाट विदेशी विनियम अपचलन हुने भएकोले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कारवाही हुनेछ ।