१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमणबाट बच्न देउवाको सरकारलाई यस्तो सुझाव

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ माघ । कांग्रेस सभापति शेर बहादुर देउवाले कारोनाको संक्रमणबाट बच्नका लागि सरकारलाई सुझाव दिएका छन् ।

कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चिन सरकारप्रति त्यहाँको सरकारले गरिरहेको प्रभावकारी प्रयासलाई उनले प्रशंसा गरेका छन् । चीनको वुहान सहरमा देखिएकोकोरोना भाइरसको प्रकोपले धेरैको मृत्यु भईसकेको छ भने यसवाट हजारौँ संक्रमित भएका छन् ।

अन्तर्राष्ट्रिय रुपमा संक्रमण फैलिन सुरु गरेको र विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको अवस्थामा देउवाले नेपाल सरकारलाई सुझावहरु दिँदै विज्ञप्तिमार्फत सार्वजनिक अपील गरेका छन् ।

सबै नेपालीहरुलाई सजग र सचेत रहन अपील गर्दै निम्न सुझावहरु प्रस्तुत गरेका छन् ।

१. कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कता बारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्नुपर्ने भन्दै उनले यस अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न नेपाली काँग्रेसकासँगै सबै राजनीतिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई विशेष आग्रह गरेका छन् ।

२. नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गरी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकिने बताएका छन् ।

३. धेरै देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेकोले त्यहाँस्थित करिब १ सय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन यथाशीघ्र प्रबन्ध मिलाउन देउवाले सरकारलाई अनुरोध गरेका छन् ।

४. वुहानबाट नेपालीहरुलाई उद्दार गरी अलग्गै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन समेत उनले अनुरोध गरेका छन् ।
५. त्यसैगरी, संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता पनि उनले औँल्याएका छन् ।