
बर्दिया, १७ माघ । सहिदको सम्झनामा जिल्लास्थित ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । सहिद दिवसको अवसरमा बिहिबार ठाकुरबाबा नगरपालिकाले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
नगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा नगरका १ सय जनाले रक्तदान गरेको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । सहिदको सम्झना तथा सम्मानका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।
सहिदको सम्मानका साथै नगरपालिकाको सामाजीक तथा मानविय दायित्व निर्वाह गर्ने क्रममा रक्तदान कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख श्रेष्ठले बताए । नगरपालिकाले विगत २ वर्षदेखि सहिद दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
वृहत रक्तदान कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ भुरिगाउँ, इलाका प्रहरी कार्यालय, थारु सामुदायिक विकास मञ्च, रेडियो टाइगर, सिको बचत तथा ऋण सहकारी, हाम्रो मध्यवर्ती सहकारीलगाएत १४ वटा संघ संस्थाले सहयोग गरेका थिए । स्वस्थ व्यक्तिले रक्तदान गरे झनै स्वस्थ हुने स्वास्थ्यकर्मी बताउँछन् ।
स्वस्थ व्यक्तिले ३/३ महिनामा रक्तदान गर्न सक्ने स्वास्थ्यकर्मी कृष्णप्रसाद पौडेलले बताए । नगरपालिकाले रक्तदान कार्यक्रम गर्नु निकै राम्रो रहेको स्थानियको भनाई छ ।
उपचारका क्रममा रगतको अभाव भएका विरामीहरुले नेपालगंजस्थित ब्लड बैँकबाट रगत प्राप्त गर्ने छन् । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्त संचार केन्द्र नपालगंजले प्राविधिक सहयोग गरेको थियो ।















प्रतिक्रिया