१ कार्तिक २०८३, आइतबार

गैरआवासीय नेपाली संघ र पिपुल्स लिगलबीच नि:शुल्क कानूनी परामर्श सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ माघ । गैर आवासीय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्सबीच गैरआवासीय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार गैरआवसीय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निशुल्क कानूनी परामर्श दिनेछ ।

कार्यक्रममा उपस्थीत नेपाल बार एसोसियसनका महासचिव लिलामणी पौडेलले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको पिपुल लिगल एसोसियट्सले प्रदान गर्ने कानूनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानूनका विषयमा सहज रुपमा जानकारी तथा परामर्श दिन विश्वास व्यक्त गरे ।

नेपालीका लागी नेपाली अभियान अन्र्तगत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निशुल्क कानूनी परामर्श दिने सम्झौता गरिएको गैर आवासिय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले बताए ।

न्यौपानको अग्रसरता नै पिपुल्स लिगल एसोसियट्स र एनआरएनएबीच कानूनी परामर्श दिने सम्झौता भएको हो ।

कार्यक्रममा पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक पौडेलले गैरआवसीय नेपालीको आवश्यकताअनुसार नेपालको कानूनी विषयमा सम्झौता अनुसार निशुल्क परामर्श दिइने प्रतिवद्धता व्यक्त गरे ।

“१५ वर्ष देखि ठुलो संख्याका व्यवसायी तथा व्यक्तिहरुलाई कानूनी सेवा प्रदान गर्दै आइरहेका थियौँ” पौडेलले भने, “एनआरएनएसँग जोडिँदा अझनै उत्साहित छौँ ।”

गैर आवासिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत दवाडीले पिपुल्स लिगल एसोसियट्ससँगको सहकार्यले एनआरएनका सदस्यलाई नेपालको कानूनी व्यवस्थाबारे जानकारी तथा परामर्श लिन सहज हुने विश्वास व्यक्त गरे ।