
चितवन, १६ माघ । सामाजिक कार्यहरुमा क्रियाशील धुर्मुस सुन्तली फाउण्डेशनको सक्रियतामा चितवनस्थित भरतपूर महानगरपालिका–१५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।
करिब ३ अर्बको लागत लाग्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपाल भित्र र बाहिर रहेका नेपाली तथा अन्य सहयोगीको सहयोगमा जनस्तरको सहभागिताबाट निर्माणको काम अगाडी बढिरहेको छ ।
निर्माणधिन यस रंगशालामा ३० हजार दर्शकले खेल हेर्नसक्ने प्याराफिट सहितको क्रिकेट स्टेडियम, प्याराफिट सहितको फुटवल स्टेडियम तथा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको ईन्डोर पौडी पोखरी बन्ने योजना रहेको छ ।
यसैगरी मार्सल आर्टस्, व्याटमिन्टन, भलिवल, वास्केटवल लगायत २२ विभिन्न विधाका खेल खेल्न सकिने यो रंगाशाला अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।
उक्त रंगशाला निर्माणार्थ थप आर्थिक सहयोग जुटाउने उद्देश्यले विराट धनधान्याचल महोत्सव आयोजना हुन लागेको छ ।
फाउन्डेशनले विज्ञप्ति जारी गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सबैका निम्ति एउटा गौरव कुरा हो भन्दै सबैको सहयोग जुटाएर अघि बढ्न सके, यो राष्ट्रिय गौरवको परियोजना पनि निर्धारित समयमा बन्न सक्ने बताएको छ ।

महोत्सवबाट उठेको रकम रंगशाला निर्माणमा लगाउने गरि महोत्सव आयोजक समिति दिनरात यसको तयारीमा लागिरहेको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया