
काठमाडौँ, १६ माघ । महालक्ष्मी विकास बैंक लिको कालिमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ ।
उक्त उपकरण अस्पतालको ८६ औँ वार्षिकोत्सव समारोहकाबीच प्रमुख अतिथी स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावलले उद्घाटन गरेका थिए ।
अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो ।
देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।















प्रतिक्रिया