१ कार्तिक २०८३, आइतबार

प्रतिबन्धित १२ लाख भारतीय रुपैयाँसहित पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पर्सा, १६ माघ । वीरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको नोट ६ सय थान गरी १२ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय सुभाष चन्दलाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले रक्सौलबाट आउँदै गरेको बा.६ च.७४४० नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार चन्दको साथबाट उक्त प्रतिबन्धित भारतीय रुपैयाँ फेला पारेको हो ।

चन्दलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।