शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

भाग्दै गरेका तीन जना पाकेटमार पक्राउ

दैनिक नेपाल २०७६ माघ १५ गते ९:४१

भक्तपुर, १५ माघ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन जना पाकेटमारलाई ११ हजार रुपियाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका ७ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका ६ घर भइ ललितपुर गोदावरी बस्दै आएका २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका ८ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय रुविन कठायत रहेका छन् ।

मध्यपुर थिमि नगरपालिका ९ राधेराधेमा काठमाण्डाैबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारेर भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो ।

पक्राऊ परेका तीन जनालाई मङ्गलबार नै चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित