१ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभामा तीन विधेयक पेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १४ माघ । राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक), २०७६ तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गर्नुभयो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।

बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजङग कार्कीको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठकमा सो शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १९ गते बिहान ११ बजे बस्नेछ । –रासस