१ कार्तिक २०८३, आइतबार

चीनमा कोराना संक्रमण : १ सय ६ को मृत्यु, एकअर्कासंग हात मिलाउन रोक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । चीनमा खतरनाक कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । ४५ सय संक्रमित भेटिएका छन् ।

पहिलो पटक संक्रमण देखिएको वुहान शहरमा मात्रै मृत्यु हुनेको सख्या ७६ पुगेको छ । राजधानी बेइजिङमा पनि पहिलो पटक संक्रमणका कारण एक जना ५० वर्षिय व्यक्तिको मृत्यु भएको छ ।

कोरोना भाइरसले महामारीको रूप लिएपछि चीन सरकारले पइचिङमा हात नमिलाउन भनेको छ । चीनमा बुहान लगायतका नागरिकलाई घरबाहिर निस्कन रोक लगाइएको छ ।

चीनमा उक्त भाइरसबाट ८० जनाको मृत्यु भएको छ । यसैगरी २ हजार ७ सयभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । चिनियाँ स्वास्थ्यमन्त्री मा स्याओवेले यो भाइरसको असर १४ दिनसम्म रहने गरेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस धानम ग्याब्रियेसस कोरोनाबारे छलफल गर्न चीन आइपुगेका छन् । उनले उक्त भाइरसबाट मुक्त पाउन चीनसँग सहकार्य गरिने जानकारी दिएका छन् । संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको सरकारले जनाएको छ । गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ ।

त्यसैगरी ३ हजार ८०६ जनालाई पनि संक्रमणको आशंकामा निगरानीमा राखिएको छ । संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती शहरमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।