
रुकुम, १३ माघ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा ९ को कार्यालयमा गएराति अज्ञात समुहले आगजनी गरेको छ । झुलाको पुराना गाउँमा रहेको कार्यालयमा गए राति १० बजेतिर आगजनी गरिएको स्थानीयले जनाएका छन् ।
आगजनीबाट कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, कुर्सी, सोफासेट सहित सम्पूर्ण कागजात जलेर नष्ट भएको वडाध्यक्ष कबिराम खत्रीले जानकारी दिए ।
वडाअध्यक्ष खत्रीले कार्यालय भित्र रहेका सामाग्रीलाई बाहिर निकालेर आगो लगाईएको बताए । सामान जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगजनी कसले गर्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको र आगजनीमा संलग्नहरुको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया