
धनगढी, १३ माघ । कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जनालाई प्रहरीले आइतबार राति जुवाको खालबाट पक्राउ गरेको छ ।
२२ लाखसहित उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ बाटमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष शाही नेपाली कांग्रेसबाट गोदावरी नगरपालिका–१० मा विजयी जनप्रतिनिधि हुन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतका अनुसार वडा अध्यक्ष शाहीलगायत १६ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।











प्रतिक्रिया