४ कार्तिक २०८३, बुधबार

गायिका आस्था राउत प्रहरी हिरासतमा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ ।   गायिका आस्था राउत प्रहरीमा पुगेकी छिन्। सोमबार बिहान हाजिर हुन पुगेकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

राउतको स्वास्थ्य परीक्षण गराएर हिरासतमा लिइएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले बताए।

राउत परिवारका साथमा परिसर पुगेकी थिइन्। परिसरका अनुसार राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दामा आवश्यक अनुसन्धान थालिएको छ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलमा चेकजाँचका क्रममा प्रहरी जवान रमिता श्रेष्ठमाथि राउतले दुव्र्यवहार गरेको भन्दै जवान श्रेष्ठले उजुरी हालेकी थिइन् ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको थियाे ।