
काठमाडाैं, १२ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । भाइरसका कारण १ हजार ९ सय ७५ भन्दा धेरै संक्रमित भएका छन् ।
गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ।
न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ।
हालै मात्र क्यानाडामा समेत ५० वर्षीय एक मानिसमा पहिलोपटक यसको संक्रमण देखिएको क्यानाडा सरकारले बताएको छ। हालै मात्र चीनको वुहानदेखि ग्वानझाऊ हुँदै टोरन्टो फर्किएका ती मानिसमा कोरोना भाइरसको संक्रमण फेला परेको हो।















प्रतिक्रिया