४ कार्तिक २०८३, बुधबार

ओली र प्रचण्डसँग देउवाले मागे उपसभामुख

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख पद कांग्रेसले पाउनुपर्ने बताएका छन्।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रतिनिधिसभाको उपसभामुख पद कांग्रेसले पाउनुपर्ने देउवाले बताएका हुन्।

बैठकमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिएका थिए। सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले पाउनुपर्ने कुरा राखेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाइ छ।

उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ। छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेम्वाङले जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।