
काठमाडाैं, ११ माघ । नेकपामा अब एमसीसी विवाद केन्द्रीय समितिमा छलफलमा जाँदै छ।
यस विषयमा स्थायी समितिले सचिवालयलाई निर्णय लिन दिएको जिम्मेवारीका आधारमा सचिवालयले केन्द्रीय समितिमा के निर्णय लिएर आउँछ, त्यसको पखाईएको रहेको बताउँछन, स्थायी समिति सदस्य युवराज ज्ञवाली।
‘स्थायी समितिले सचिवालयलाई आवश्यक निर्णय लिन जिम्मेवारी दिएको थियो। केन्द्रीय समितिमा उहाँहरू कसरी आउनुहुन्छ, त्यो हाम्रा लागि पखाईको विषय छ,’ नेता ज्ञवाली भन्छन्, ‘सचिवालयमा उहाँहरू कसरी छलफल गर्नुहुन्छ, त्यहाँ नै पनि प्रधानमन्त्रीलाई अप्ठ्यारो छ। सक्दा साझा धारणा आउला नभए, फरक धारणासहित पनि केन्द्रीय समितिमा विषय आउला।’
१५ माघदेखि राष्ट्रियसभा गृहमा नेकपाको केन्द्रीय समिति बैठक बस्न लागेको छ। सचिवालयमै पार्टी शीर्ष नेताहरू पक्ष÷विपक्षमा धु्रवीकृत भइरहँदा केन्द्रीय समितिमा झन् यसले ठूलो धु्रवीकरण ल्याउने देखिन्छ।
सचिवालयमा अध्यक्ष दाहाल इन्डोप्यासिफिक अंग नभए पारित गर्नुपर्ने, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल यथास्थितिमा पारित गर्न नसकिने पक्षमा खुलेपछि धु्रवीकरण झन् कस्सिँदो छ।
स्थायी समितिमा पनि बहुमत सदस्य यथास्थितिमा एमसीसी पारित गर्न नहने पक्षमा देखिएपछि केन्द्रीय समितिमा यसको विपक्षमै बहुमत पुग्ने देखिन्छ। पार्टी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरू एक ठाँउमा उभिँदा बहुमत सदस्य एमसीसीको विपक्षमा पुग्ने देखिन्छ।
४४१ सदस्यीय केन्द्रीय समितिमा अहिले ओली एकातिर र दाहाल–माधव अर्काेतिर उभिँदा ओली कमजोर हुने देखिन्छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया