१ कार्तिक २०८३, आइतबार

मन्त्रीहरूले आफू नजिककालाई छानिछानि लगे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cabinate_meeting_of_nepalकाठमाडौं, २१ फागुन । सरकारले सचिवहरूको सरुवा र पदस्थापना गरेको छ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन साताअघि बढुवा भएका सचिवलाई पदस्थापना गर्दै आधा दर्जन मन्त्रालय र कार्यालयमा सचिव हेरफेर गरेको छ।

मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयमा राजन खनाल, उद्योग तथा वाणिज्यमा नइन्द्र उपाध्याय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा श्रीधर सापकोटा र कृषि तथा सहकारीमा उत्तम भट्टराईलाई सरुवा गरेको छ।

खनाल भर्खरै बढुवा भएका हुन् भने उपाध्याय सामान्यमा थिए।

त्यस्तै जल तथा ऊर्जा आयोगमा गजेन्द्र ठाकुर, सूचना आयोगमा लक्ष्मणप्रसाद मैनाली र रक्षामा ईश्वरीप्रसाद पौडेल पदस्थापन भएका छन्।

ठाकुर र मैनालीको बढुवापछि पहिलो पदस्थापना गरिएको हो भने पौडेल यसअघि जल तथा ऊर्जा आयोगमा थिए।

बैठकले अर्थ मन्त्रालयमा दुई सचिवको दरबन्दी सिर्जना गरी राजस्व सचिवमा नवराज भण्डारीलाई पदस्थापना गरेको छ।

भण्डारी पनि नयाँ बढुवा भएका सचिव हुन्। उद्योग मन्त्रालयमा भने जयमुकुन्द खनालको सरुवा भएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। उनी यसअघि कृषि मन्त्रालयमा थिए।

बैठकले नारायणगोपाल मलेगुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, खुमराज पुन्जालीलाई शान्ति, सुनिलबहादुर मल्ललाई सूचना तथा सञ्चार, प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ।

सरकारले दिनेशकुमार थपलियालाई पश्चिमाञ्चल, विजयकुमार मल्लिकलाई मध्यपश्चिमाञ्चल, सुरेश आचार्यलाई पूर्वाञ्चल, शरदराज विष्टलाई सुदूरपश्चिमाञ्चल र रामकुमार आचार्यलाई मध्यमाञ्चलको क्षेत्रीय प्रशासकको जिम्मेवारी तोकेको छ।

बैठकले सूचना आयोगकी कामु सचिव जीवनप्रभा लामालाई सामान्य प्रशासनमा दरबन्दी कायम गरी उपराष्ट्रपति कार्यालयमा काजमा घटाउने निर्णय गरेको छ।

त्यस्तै अन्नपूर्णानन्द दासलाई पनि सामान्य प्रशासनको जगेडामा पठाएको छ। लामा र दास दुवै कामु सचिवको जिम्मेवारी पाएर पनि बढुवाको सिफारिसमा पर्न नसकेका हुन्।

मन्त्रिपरिषद्ले असाधारण क्षमता भएको भन्दै बालक आदित्य दाहालको उपचारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।