
काठमाडौं, ९ माघ । मकवानपुरको दामनमा रहेको पानोरमा रिर्सोटमा बेहोश भई उपचारका क्रममा मृत्यु भएका आठ जना भारतीय पर्यटकको शव आफन्तले बुझेका छन् ।
भारतीय दुतावासको रोहवरमा प्रहरीले शव आफन्तको जिम्मा लगाएका हुन् । शव बिहिबारै भारत लगिएको छ ।
सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए।
उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याइएकोमा मृत्यु भएको थियो। मृतकहरू भारत केरलाका हुन्।












प्रतिक्रिया