
काठमाडौँ, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सभामुख उम्मेद्वार अग्नि सापकोटविरुद्व उम्मेद्वारी परेन ।
सभामुख पद हुने निर्वाचनका लागि अग्नि सापकोटाविरूद्ध अन्य दलबाट उम्मेदवारी नपरेपछि १२ गते मतदान नहुने भएको छ।
योसँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ । सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक रहेका छन् ।
सापकोटाले सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उम्मेदवारी दर्ता गराएका हुन् ।











प्रतिक्रिया