११ कार्तिक २०८३, बुधबार

पोखरा पुगेर प्रचण्डले भने-‘सरकारसंग वार्तामा बस्न तयार छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaपोखरा, २० फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं फर्केपछि भोलिबाटै सहमतिबाट संविधान निर्माणका लागि प्रधानमन्त्री सुशील कोइराला र एमाले नेतृत्वसँग वार्ता थाल्न प्रयास गर्ने बताउनुभएको छ ।

कास्कीको २३ औँ जिल्ला परिषद्को बुधबार उद्घाटन गर्दै उहाँले औपचारिक वार्ताले संविधान निर्माणको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

संविधान निर्माणका अन्तरवस्तुमा सहमति जुटाउन बृहत शान्ति सम्झौताको जिवित एक मात्र हस्ताक्षरकर्ताको हैसियतले सहमतिका लागि म एक पटक फेरि विष पिउन तैयार छु भन्दै अध्यक्ष दाहालले जोखिम मोलेरै भएपनि लचकतासाथ प्रस्तुत भएर विवादित विषयमा सहमति जुटाउन अग्रसर हुने बताउनुभयो ।