
बारा, ७ माघ । श्रीमतीको हत्या गरेको आरोपमा बारामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा प्रहरीले पचरौता नगरपालिका-१ पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो ।
महतोले गत शुक्रबार श्रीमती मालतीको हत्या गरी सोही ठाउँको जमुनी नदी किनारमा जलाउँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शव जलिरहेको अवस्थामा फेला पारेको थियो । घटनापश्चात फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।
महतोलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय बाराले जनाएको छ ।











प्रतिक्रिया