
विराटनगर, ७ माघ । विराटनगर महानगरपालिकाको सिंघीया खोलामा एक शव फेला परेको छ ।
मृतक विराटनगर नगरपालिका २ का प्रवल घिमिरे रेहेको प्रहरीले जनाएको छ । खोला आसपासका स्थानीय बासिन्दालेशव देखेपछि प्रहरीलाई खबर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।
खोलाको पानी भित्र डुबेको अवस्थामा शब भेटिएको उनको भनाइ छ ।
शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी थापाले बताए।











प्रतिक्रिया