१३ कार्तिक २०८३, शुक्रबार

चरेससहित वडा सदस्य पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ७ माघ । बडिमालिका नगरपालिका ९ गैरी बजारमा डेढकिलो चरेससहित एक वडा सदस्य र अन्य एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले साेमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका १ घर भइ मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् ।

प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको भट्टराईले बताए ।

पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।