११ कार्तिक २०८३, बुधबार

एमालेले सुखानीका योद्धाको सम्झनामा ‘सहिद दिवस’ मनाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, २० फागुन । नेकपा एमालेले सुखानीका योद्धा सहिदहरुको सम्झनामा विशाल कार्यक्रम गर्ने घोषणा गरेको छ ।

‘झापा विद्रोह’ मा संलग्न नेता केपी ओली पार्टी अध्यक्ष भएपछि एमालेको केन्द्रीय कार्यालयले पहिलो पटक बिहीबार औपचारिकरूपमा ‘सुखानीका सहिद दिवस’ मनाउँन लागेको हो ।

तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा गिरफ्तारमा परेका तत्कालीन झापा विद्रोहका पाँच नेतालाई सरकारले विसं २०२९ फागुन २१ गते कारागार सरूवाको नाममा झापाको चन्द्रगढीबाट इलामको सुखानीस्थित घनघोर जङ्गलमा लगी दिउँसै गोली हानी हत्या गरेको थियो ।

मारिनेहरूमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ हुनुहुन्थ्यो ।

एमालेले उहाँहरूलाई सहिद घोषणा गर्न राज्यसँग पटकपटक माग गर्दै आएको भएपनि पूरा नभएको सन्दर्भमा केन्द्रीय कार्यालयले पहिलो पटक उहाँहरूको स्मृतिमा दिवस मनाउन लागेको हो ।

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले बिहीबार पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा अध्यक्ष ओलीसहित शीर्ष नेता–कार्यकर्ता, झापा आन्दोलनमा जोडिएका नेता र सहिदका परिवारको उपस्थितिमा केन्द्रमा यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना भएकाले यसको विशेष महत्व रहेको बताउनुभयो ।

दिवसका अवसरमा हरेक वर्ष झापा र इलाममा पनि स्मृति कार्यक्रम हुँदै आएका छन् । एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा ओली निर्वाचित भएपछि केन्द्रीय कमिटीको दोस्रो बैठकले पञ्चायत सरकारको दमन र नृशंस व्यवहारका कारण उहाँहरू मारिनु भएकाले सहिद घोषणा गरिनुपर्ने प्रस्ताव पारित गरेको थियो ।

एमालेले केन्द्रमा दिवसका रूपमा कार्यक्रम गर्नुलाई सकारात्मक ठान्दै प्रश्रितले सुखानीका सहिदको बलिदानी र आदर्शलाई अहिलेका नेता र कार्यकर्ताले भूल्न नहुने विचार राख्नुभयो ।