१० मंसिर २०८३, बिहिबार

गोसाइँकुण्ड पदयात्रामा निस्केका दुई बेपत्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ ।  गोसाइँकुण्डा पदयात्राका लागि हिँडेका दुई व्यक्ति बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र उनका साथी नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीबाट सम्पर्कविहिन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

उनीहरु सोमबार काठमाडौं हुँदै सिन्धुपाल्चोकको मेलम्चीबाट गोसाइँकुण्डतर्फ हिँडेका थिए।

उनिहरुको खाेजीमा शेर्पासहित सुरक्षाकर्मी परिचालन गरिए पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।