
काठमाडौं, ५ माघ । सभामुख चयनका विषयमा छलफल गर्न बालुवाटारमा जारी दुई अध्यक्षबीचको छलफल सकिएको छ ।
दुई अध्यक्षले प्रधानमन्त्री निवास बालुवाटारमा एक्लाएक्लै छलफल गरेका हुन् । दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।
नेकपाले अब साँझ ४ बजेका लागि सचिवालय बैठक डाकेको छ ।
यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भइसकेको छ। पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरू भए पनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरूद्ध हुँदै आएको छ।











प्रतिक्रिया