४ कार्तिक २०८३, बुधबार

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवाहारमा जाहेरी दर्ता, कारबाही के हुन्छ ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका आस्था राउतविरुद्ध अभद्र व्यवाहार गरेको उजुरी काठमाडौं प्रहरीमा परेको छ ।

प्रहरी जवान रमिसा श्रेष्ठले गरेको उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार दर्ता गरेको छ ।

प्रहरीले गायिका राउतको खोजी गरिरहेको र उनी फरार रहेको पनि जनाइएको छ ।

प्रहरी कर्मचारीलाई बुधबार दुव्र्यवाहार गरेको प्रतिवेदनलाई जाहेरी मानिएको छ ।

अभद्र व्यवाहारको मुद्दा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीले हेर्छन् । उक्त मुद्दामा कम्तिमा अनुसन्धानका निम्ति ७ दिन हिरासतमा बस्नुपर्छ भने प्रजिअले थुनामा राख्न वा धरौटीमा छाड्न सक्छन् ।

‘कसुरको किसिम हेरेर कारबाहीको आदेश हुन्छ’, जिप्रका काठमाडौं स्रोतले भन्यो ।