२ कार्तिक २०८३, सोमबार

नेपालकै पहिलो महिला रिक्सा चालक सम्मानित (फोटोफिचर सहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1

– राजकुमार ओली

झापा, २० फागुन । १०५औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर नेपाल कै पहिलो रिक्सा चालक फुलमाया धिमाल सहित १०१ वर्षीया ज्येष्ठ महिलालाई विर्तामोडमा सम्मान गरिएको छ ।

विर्ता लेडि जेसिस विर्तामोडले नेपाल कै पहिलो रिक्सा चालक फुलमाया धिमाल सहित १०१ वर्षीया ज्येष्ठ महिला गँगादेवी ओली उप्रेती लाई सम्मान गरेको हो ।

महिला तथा बालबालिका कार्यलय झापाका प्रमुख तारा थापा अधिकारीले सम्मानित धिमाल र उप्रेतीलाइ दोसल्ला कदर पत्र र नगद सहित सम्मान गर्नु भएको हो ।

झापाको विर्तामोडमा स्थायी बासिन्दा ६३ वर्षीया फुलमाया धिमालले ५३साल देखि विर्तामोडमा रिक्सा चलाउदै आएका थिइन् ।

4उनी नेपाल कै पहिलो रिक्सा चालकको रुपमा चिनिएकी हुन् । केही वर्ष पहिले सडक दुर्घटनामा घाइते भएपछि आराम गर्दै आएका गरिव फुलमायाको अझै पनि रिक्सा कुदाउने धोको रहेको बताएकी छिन् ।

सम्मान कार्यक्रमलाइ सुभकामना दिनु हुदै नेपाल अलैची व्यावसायी महासघ का महासचिव ओमकृष्ण विमलीले धिमालको आँट र आत्मविस्वासलाइ सरकारले समेत कदर गर्दै सम्मान गर्नू पर्नैमा जोड दिनुभयो ।

धिमालको सम्मानलाई सवैले कदर गर्नूपर्नैमा अथितिहरुले सुभकामना दिदै फुलमाया जस्ता आँटीला महिलाहरु खोजी गर्नुपर्नेमा जोड दिएका छन् ।

विर्ता लेडी जेसिस का बाताबरण सयोजक राधिका शर्मा सिटौलाको कार्यक्रम सयोजनमा सम्पन्न भएको सम्मान समारोहमा विर्ता जेसिसका सस्थापक अध्यक्ष गोपाल वस्नेत, नेपाल पत्रकार महासघ झापाका अध्यक्ष भिम नेम्वाग, विर्ता जेसिसका पुर्व अध्यक्ष्ाँहरु निर्मल भट्टराई, सारदा रिजाल, मञ्जु पोखरेल लगायतले शुभकामना दिनुभयो ।

विर्ता लेडि जेसिसको अध्यक्ष पार्वती विमली खरेलको सभापतित्व एवम सचिव रजनी बजगाइको सञ्चालनमा सम्पन्न भएको थियो ।

2 3  5