मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

स्थानीयको नाराजुलुसपछि बाह्रविसेमा निषेधाज्ञा जारी

दैनिक नेपाल २०७६ माघ ५ गते ९:४९

सिन्धुपाल्चोक, ५ माघ ।  सिन्धुपाल्चोकको बार्‍हविसेमा बाटो बिस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले नाराजुलुश गरेपछि निशेधाज्ञा जारी गरिएको छ ।

बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि हिजो स्थानीयले नाराजुलुस गरेकाले निशेधाज्ञा जारी गरिएको हो ।

स्थानीयले बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी तोडफोड गरेका थिए ।

आज पनि हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निशेधाज्ञा जारी गरिएको जनाइएकाे छ ।

आज बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्मका लागि अर्को व्यवस्था नभएसम्मका लागि पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी आदेश जारी गरिएको छ ।

बाह्रविसे बजारबाट पूर्वमा ३०० मिटर, पश्चिममा भोटेकोशी खोला, उत्तरमा इलाका प्रहरी कार्यालय, बाह्रविसे नगरपालिका ४ र दक्षिणमा बाह्रविसे बजारबाट पिस्कररक्षमादेवी जानेबाटोको सुनकोसी चोकसम्म निशेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित