४ कार्तिक २०८३, बुधबार

ट्याक्सी चालककाे व्यवहारबाट नायिकालाई तनाब

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका सोनम कपूरले ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लन्डनमा उबर (ट्याक्सी) प्रयोग गर्ने मानिसहरू सचेत हुन आग्रह गरेकी छन्।

हाल पति आनन्द आहुजासँग लन्डन बस्दै आएकी अभिनेत्री कपूरले ट्वीट गर्दै ट्याक्सी प्रयोग गर्दाको डरलाग्दो अनुभवले डगमगाएको उल्लेख गरेकी छन् । उनले सर्वसाधारणलाई ट्याक्सीको विकल्पको रुपमा लन्डनको सार्वजनिक यातायात रोज्न अनुरोध गरेकी छन् ।

‘द जोया फ्याक्टर’ फिल्मकी नायिका कपूरले ट्वीट गरेकी छन्, ‘लन्डनमा ट्याक्सी प्रयोग गर्दा मैले सबैभन्दा डरलाग्दो अनुभव पाएँ। कृपया सावधान रहनुहोस्। ट्याक्सीको साटो सबैभन्दा राम्रो र सुरक्षित सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गर्दछु। म एकदम आत्तिएको छु। ट्याक्सी चालक अस्थिर थिए। एक सुरमा कराइरहेका थिए। म आत्तिएको थिएँ।’

सन् २०१८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरेकी उनी लन्डनमा बस्दै आएकी छन् । बलिउडकी फेसनेबल नायिकाको सूचीमा पर्ने उनीले ‘द जोया फ्याक्टर’, ‘सञ्जु’, ‘प्याडम्यान’, ‘प्रेम रतन धन पायो’, ‘निर्जा’, ‘डली कि डोली’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन् ।