
काठमाडौँ, ३ माघ । सरकारले १४ वटा कार्यालयका कर्मचारीलाई ओभर टाइम काम गरेबापत तलबको ३० प्रतिशतसम्म भत्ता दिने भएको छ ।
सरकारले २०७७ असार मसान्तसम्मका लागि भत्ता दिने निर्णय गरेको जनाइएको छ । कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू भएका कार्यालयका करार कर्मचारीले पनि यो सुविधा पाउने भएका छन् ।
संघीय संसद, अदालत, राष्ट्रपति, उपराष्ट्रति र प्रधानमन्त्रीको कार्यालय, पुनर्निर्माण प्राधिकरण, सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, महान्यायाधिवक्ता र सरकारी वकिलको कार्यालय, भन्सार, राजश्व, कोष तथा लेखा नियन्त्रक, महालेखा परीक्षकको कार्यालय र राष्ट्रिय कितावखानाका कर्मचारीले भत्ता पाउनेछन् ।
साथै प्रधानमन्त्री र मुख्यसचिवको व्यक्तिगत सुरक्षाकर्मीहरुलाई पनि ३० प्रतिशत भत्ता दिइने भएको छ ।
यस व्यवस्था अनुसार मासिक रुपमा ५० घन्टा वा त्यसभन्दा बढी वा कम ओभरटाइम गरेका कर्मचारीलाई सुरुको तलब स्केलको ३० प्रतिशतका दरले भत्ता दिइनेछ । तर दैनिक १ घण्टाभन्दा कम अतिरिक्त समय काम गरेकालाई यो लागू नहुने बताइएको छ ।















प्रतिक्रिया