मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

दैनिक नेपाल २०७६ माघ ३ गते १५:३२

हेटौँडा, ३ माघ । मकवानपरको हेटौँडा उपहानगरपालिका–३ लेवटमा शुक्रबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नं को ट्रकले ठक्कर दिँदा रत्ननगर घर भई लेवटमा मजदूरी गर्दै आएका अम्बर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित