९ मंसिर २०८३, बुधबार

आईपीएल अक्सनका लागि दश जना नेपाली खेलाडीले पठाए नाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि १० जना नेपाली खेलाडीले नाम पठाएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

अक्सनका लागि १८ देशका कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ९३९ भारतीय तथा २८१ विदेशी खेलाडी छन् । यस्तै, एसोसिएट राष्ट्रका ४२ खेलाडीले नाम दर्ता गराएका छन् ।