११ कार्तिक २०८३, बुधबार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजिनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aarbinda-kageriwal

काठमाडौं, २० फागुन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको संयोजक पदबाट राजिनामा दिएका छन् ।

बुधबार पार्टीको राष्ट्रिय कार्यकारिणीको बैठकमा मुख्यमन्त्री केजरीवालले पार्टीभित्र संयोजक पदका लागि विवाद भएपछि बाध्य भएर राजिनामा दिएका हुन् ।

मुख्यमन्त्रीको व्यस्तताले पार्टीलाई समय पनि दिन नसकेकाले राजिनामा दिएको केजरीवालले भारतीय सञ्चारमाध्यमलाई भनेका छन् । केही समयदेखि नेताहरुले केजरीवालको नीतिप्रति असन्तुष्ट जनाउँदै पार्टीमा विवाद बढाएका थिए ।

विवाद साम्य पार्न पनि केजरीवालले राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ ।