
चितवन, ३ माघ । चिनिँया पर्यटक बोकेको बस चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा शुक्रबार बिहान दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
काठमाडौंबाट चितवन आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो ।
घाइते मध्ये तीन जना अवस्था गम्भीर रहेको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।











प्रतिक्रिया